ABOUTUS

संस्था एक परिचय :- पुर्वी पहाडी जिल्ला भोजपुरको समग्र नेतृत्व र विकास निर्माण, वेरोजगारी, शिक्षा, स्वास्थ्य,पर्यटन, कृषि, खेलकुद, सामाजिक विकृति तथा विसंगतीलाई मध्यनजर गर्दे भोजपुर जिल्लाका जनताहरुद्वारा एक गैरसरकारी संस्था “यूथ स्टार लामिडाँडा” सञ्चालनमा ल्याएको छ ।  नेपाल सरकारको संस्था दर्ता ऐन २०३४ बमोजिम (जि.प्र.का.भो. द नं ५५० /०७०/०७१ , स. क. प. आ नं ३९९९९) दर्ता भई एक गैरसरकारी संस्थाको रुपमा संगठिट भएका छौं । संस्थाको स्थायी लेखा नम्बर (६०२७१८३०१) संस्थाको प्रधान कार्यालय च्याङ्ग्रे गाविस वडा नं.६ मा रहेको साथै मोटरबाटो पुगेको, जिल्ला सम्पर्क कार्यालय भोजपुर बजारमा समेत  रहेको छ। वि.स. २०६१ साल मा फुटबल क्लब दर्ता गरि खेलकुदको क्षेत्रमा एक दशक लामो समयवधी काम गरिसकेको अवस्थामा  समाज र राष्ट्रको विकासका निम्ति  खेलकुदले मात्र टेवा पुर्याउन नसकिने रहेछ भन्ने निष्कर्षमा पुगि पुन समाजको वृहत क्षेत्र समेट्ने उदेश्यका साथ NGO दर्ता गरिएको हो । फुटबल क्लबको एक दशक लामो कार्याकालमा खेलकुद बाहेक अन्य क्षेत्रमा खासै उपलब्धि हासिल गर्न नसकेको भएता पनि जमिन स्मृती गोल्ड कप, विपि कोइराला अन्तर गाविस रनिङ्ग कप तथा अन्य थुप्रै जिल्ला स्तरीय खेलकुद प्रतियोगितामा सहभागी भई सफलता हासिल गरि अझ च्याङ्ग्रे गाविसलाई चिरपरीचित गराउन सफल भएका छौं ।  यस संस्थाको कार्यक्षेत्र हाल भोजपुर जिल्ला भर रहेको छ ।
हाम्रो केही उदेश्यहरु ...
  • सामाजिक क्रियाकलाप अन्तर्गत सार्वजनिक सम्पत्तिहरु मठ, मन्दिर, पाटी पौवा, धारो, वाटोघाटो निर्माण मर्मत, कृषि, पर्यटन तथा सरसफाई आदिमा प्राथमिकता दिने । 
  • जनसाधारणमा संस्कृति, खेलकुद, परम्परागत क्रियाकलापको औचित्य वोध गराई भाषा, साहित्य, कला, खेलकुद साथै अन्य विविध चेतनामूलक कार्यक्रमहरु गर्ने । 
  • समाजमा विद्यमान हरेक किसिमका सामाजिक, आर्थिक, राजनीतिक विसंगती तथा रुढीबादी परम्परालाई कलाकारिताको माध्यमबाट चिरफार गर्न जनजागरण अभियान संचालन गर्ने । 
  • सामाजिक रुपले पिछडिएका जनजाती, आदीवासी, दलित, उत्पिडितहरुलाई सामाजिक रुपले सचेत गर्ने खालका कार्यक्रमहरु अभियानको रुपमा संचालन गर्ने । 
  • आर्थिक रुपबाट कमजोर वर्गको जीवनस्तरमा सुधार ल्याउने काममा बढावा दिने खालका सीपमूलक, आयमूलक साथै रोजगारमूलक कार्यक्रमहरु संचालन गर्ने गराउने । 
  • शिक्षा नै विकासको मेरुदण्ड हो भन्ने उक्तिलाई आत्मसात गर्दै निरक्षरता उन्मूलनमा सघाउ पुर्याउने खालका प्रौढ शिक्षा, वाल शिक्षा लगायत विविध चेतनामूलक कार्यक्रमहरु संचालन गर्ने । 
  • समाजलाई संक्रामक रोगबाट वचाउन प्राणघातक रोग, सरुवा रोगको रोकथाम तथा उन्मूलनका लागि जनतालाई सचेत गराउन विविध क्रियाकलापहरु संचालन गर्ने  । साथै परिवार नियोजन, पोषण लगायतका स्वास्थ्य सम्वन्धी विविध कार्यक्रम संचालन गर्न सम्वन्धित निकायस“ग समन्वय तथा समझदारी गरेर अगाडी बढ्ने । 
  • लोपोन्मुखतर्फ रहेको देशको लोक साहित्य, भाषा र संस्कृतिको संरक्षण, सम्वद्र्धन र विकासको लागि आवश्यक सहयोग प्रदान गर्ने ।
  • सामाजिक संञ्जाल, इन्टरनेट-वेबसाईटको माध्यमद्वारा संस्थाको गतिविधि सम्प्रेशण तथा अनलाईन सूचना तथा सामाजिक चेतनामुलक लेखहरु प्रसारण गर्ने ।
  • संस्थाको नामबाट आधिकारीक वेबसाईट तथा ब्लगहरु संञ्चालन गरी, सामाजिक क्षेत्रको विकासका निम्ती अनलाईन पहल गर्ने । 
  • संस्थाले पर्यटकीय क्षेत्र निर्माण गर्न-गराउनका लागि सम्बन्धीत निकायहरुमा पहल गरी उक्त कार्यलाइ सम्पन्न गर्न अगाडी बढ्ने ।
  • स्थानिय स्तरमा बजार ब्यवस्थापन, नगर सजावट, कृषि क्षेत्रलाई वढवा दिनका निम्ती ग्रीन हाउस निर्माण, कृषि फर्महरु सञ्चालन गर्ने÷गराउने ।
  • खुला दिशामुक्त क्षेत्र तथा धुवा रहित समाजको निर्माणका लागि सम्बन्धीत निकायहरु संग सहकार्य र पहल गरी उक्त कार्यलाई सम्पन्न गर्ने -गराउने । आदी ।
लामिडाँडाको सिहवलोकन.....
पहिला औलियाको नामले परिचित यो ठाउँ खेलकुदको माध्याम र लामो डाँडाको पहिचानले गर्दा यस ठाउँका युवाहरुले लामिडाँडा फुटबल क्लबको नामले विभिन्न क्षेत्रहरुमा सहभागी हुदाँ यसको नाम अझ लामिडाँडा तिर ढल्कियो यसै कारण हाल एक (गैर सरकारी संस्था यूथ स्टार लामिडाँडा सञ्चालनमा आएको छ ) च्याङ्ग्रे गा.वि.स. वडा नं ७ (च्याङ्ग्रे बजार) देखि भोजपुर नगरपालिका, आम्तेक गा.वि.स. साथै वास्तिम गा.वि.स.को संगम स्थल –(सिमाना) अखुवा, खेसाङ्ग खोला सम्म लम्बिएर वनेको डाँडा हो लामिडाँडा । यस डाँडाको सिरमा च्याङ्ग्रे बजार तथा पर्यटकीय स्थल पाकृतिद्वारा निर्मित च्याङ्ग्रे पोखरी साथै पञ्चकन्या उच्च माध्यामिक विद्यालय साथै हिमशिखरहरुको दृश्याअवलोकनयोग्य तथा पर्यटकिय स्थल भ्यू प्वाइन्ट मानिने पानिट्याङ्की डाँडा यहाँ रहेका कटुसका फल, मनोरम दृश्यवलोकन साथै काभ्रे चौतार अनि लामिडाँडा (सल्लेरी मध्य भाग) सल्लाको सुस्केरा यो अर्को पर्यटकिय स्थलको नमुना हो । यस ठाउँमा आँप, अम्बक, लीचि, घिउफल, रुद्दाक्ष, नास्पाती, अनार, जुनार, कागती, कटहर, मेवा लगाएतका फलफुलहरु पाईन्छन भने प्रा.वि. तहको विद्यालय समेत रहेको छ । यसै डाँडाको अन्तिम भागमा साल, खयर, साथै बयर, सतिवयर लगाएतका जंगली फलहरु समेत पाईन्छ । यो डाँडाको अन्तिम भाग –(दोभान) वाट पैदल यात्रा गर्दा कम्तिमा अढाई घण्टाको यात्रा पश्चातमा मात्र च्याङ्ग्रे बजार पुगिन्छ । यो पैदल बाटो लामिडाँडालाई नछोडी जाने भएको कारण पनि यसको नाम लामिडाँडा नै रहन पुगेको हो । च्याङ्ग्रे बजार देखि लामिडाँडा हुदै मोटरबाटो पनि मध्यभाग सम्म पुगेको छ । यो मोटरबाटो च्याङ्ग्रे गाविस वाट छुट्ने कृर्षि सडक (शाखाहरु) को तुलनामा अत्यन्तै राम्रो र यात्रा गर्न सहज समेत रहेको छ साथै यस ठाउँबाट वडा न‌ ५ बाट श्यामशिलाकाे तिलाहार देखी, अाम्तेक हुदै  भाेजपुर सदरमुकाम जाेड्ने माेटरबाटाे समेत सन्चालनमा रहेकाे छ ।