PROJECT




सेवा क्षेत्र भित्रका गाविसहरुको छोटो चिनारी

1.भोजपुर नगरपालिका र षडानन्द नगरपालिका गरी यस जिल्लामा दुईवटा नगरपालिका छन् !
 २.आम्तेक गाविस 
आम्तेक गाविसको क्षेत्रफल १६.३९ वर्ग किलोमिटर रहेको छ भने यो गाविस सदरमुकामदेखि तीनकोष पर रहेको छ । यस गाविसमा ५५४ घरधुरी रहनुका साथै ३,०९३ जना जनसंख्या रहेको छ । यस गाविसमा पनि खेतीपातीमा धान, मकै, कोदो, आदि अनाज तथा आलु, तोरी, रायो जस्ता तरकारी उत्पादन हुने गरेको देखिन्छ । यस गाविसमा दुई वटा निमाबि र तीन वटा प्रावि रहेको छ ।
३.श्यामशिला गाविस
श्यामशिला गाविसको क्षेत्रफल १२.४७ वर्ग कि.मि.रहेको छ । यो गाविस सदरमुकामबाट करिब तीन कोष टाढा रहेको छ भने यहाँ २,७९३ जनसंख्या रहेको छ । यहाँ ५७१ घरधुरी रहेको छ भने यहाँ एउटा मावि तथा चार वटा प्रावि स्कूल रहेका छन् । यस गाविसमा पनि मुख्य रुपमा उत्पादन हुने मकै, कोदा, धान, तथा हिँउदे अनि बर्खे तरकारी आदि को उत्पादन राम्ररी नै हुने गरेको देखिन्छ । दुध, दही, धिउ जस्ता खाद्य उत्पादन हुने देखिएकाले यहाँ गाईभैसी अर्थात् गोठ पालनको राम्रो चरण पनि रहेको देखिन्छ ।
४.चम्पे गाविस 
चम्पे गाविसको क्षेत्रफल १६.२६ वर्ग कि.मि.रहेको छ भने यहाँको जनसंख्या ३,१५४ रहेको छ । सरदमुकाम भोजपुर बजारबाट यो करिब आठ कोष टाढा रहेको छ । एक मावि तथा चार वटा प्रावि स्कूल रहेको चम्पे गाविस हरियाली र मनोरम धरातलिय समिश्रणबाट निर्मित गाउँको नाम कसरी रहन गयो भन्ने बारेमा पनि एउटा किमदन्ती पाइन्छ । कुनै बेला यस गाउँमा एक पराक्रमी तथा धनाढ्य चम्पसिंह राना नाम गरेका एक व्यक्ति बस्ने गर्दथे । उनैको नामबाट यस गाउँको नाम चम्पे रहन गएको हो भन्ने भनाइ आजतक पाइन्छ । यस गाविसको सिमानामा प्याउली, हेलौछा, याङपाङ र तिवारीभञ्ज्याङ आदि गाविसहरू अवस्थित रहेका छन् । यस गाविसमा पनि धान, कोदो, मकै प्रमुख बाली अनि गहुँ आदि सहायक अनाजका साथै विभिन्न फलफूल तथा तरकारीहरू उत्पादन हुने गर्दछ । यस गाविसको विशेषता के रहेको छ भने यहाँ विभिन्न प्रकारका पतझर बन जस्तै उत्तिस, चिलाउने, पात्ले, साल तथा बाँसका विशाल बोटहरू पाइन्छन् । हाल आएर यस गाविसमा विद्युत विस्तारका साथै नारदमुनि थुलुङ राजमार्ग सडक निर्माण कार्य भइरहेको छ ।
५.याङपाङ गाविस 
याङपाङ गाविसको जनसंख्या ३,४४६ जना रहेको छ भने ६३४ घरधुरी रहेको छ । मध्य पहाडी जिल्ला भोजपुरको सुदुर पूर्वमा अवस्थित यो गाविस सदरमुकामदेखि १० कोष टाढा रहेको एक सुन्दर गाउँ हो । हावापानीका हिसाबले उष्ण तथा समशितोष्ण रहेको यस गाविसको तापक्रम गर्मीमा २० देखि ३५ र जाडोमा १० देखि १५ सेन्टिग्रेडसम्म रहेने गरेको पाइन्छ । अधिकांस जनता कृषिमा आधारित रहेको यस गाविसमा धान, कोदो, मकै, जुनेलो, भटमास, तोरी आदि बालीनाली हुने गर्दछ भने अमला, असुरो, इन्द्रेणी, कुरिलो, टिपुर, तितेपाती, बर्रो, हर्रो आदि जस्ता औषधीजन्य वस्तुहरू अधिक मात्रमा पाइन्छन् । यहाँ राई, मगर, क्षेत्री, बाहुन, तामाङ, नेवार, कामी, दमाई आदि जातजातिको समिश्रित बसोवास पाइन्छ भने प्रमुख चाडपर्वमा दशै, तिहार, माघेसंक्रान्ति, साउनेसंक्रान्ति, गाईजात्रा, जनैपूणै आदि सधन रुपमा मनाउने गरेको पाइन्छ । यहा जिउँदो इतिहासका रुपमा पेन्सिन गढी, महादेवथान, विचित्रको गुफा, ऐनाभीर खानी, टोपभीर, मादलेभीर जस्ता मनोरम स्थान रहेका छन् ।
६.जरायोटार गाविस 
जरायोटार गाविसको क्षेत्रफल ३८.५६ वर्ग कि.मि.रहेको छ भने यो गाविस सदरमुकाम देखि १३ कोष टाढा रहेको छ । यस गाविसको जनसंख्या ४,०३१ रहेको छ भने ७२१ वटा घरधुरी रहेको छ । यस गाउँको नाम जरायोटार कसरी रह्यो भन्ने बारे यहाँका बूढापाकाहरू भन्ने गर्दछन् कि उहिले उहिले यो ठाउँ जंगलै जंगले भरिएको थियो । र यहाँ विभिन्न जंगली जनावरहरू बस्दथे । त्यसमध्ये पनि जरायोको संख्या अधिक थियो । र जरायोले नै खनेको एउटा आहाल भएकाले यस गाविसको नामाकरण जरायोटार रहन गएको हो । यस गाविसमा नगदे बाली जस्तै बदाम, सुर्ती, आलु, तोरी तथा फिलिङगे आदि उत्पादन हुने गर्दछ भने कोदो, मकै, जुनेलो आदि अनाज पनि हुने गरेको पाइन्छ । यहाँ क्षेत्री, बाहुन, राई, नेवार, माझी, गाइने, विश्वकर्मा आदि जातजातिको बसोवास रहे तापनि राई जातिको सघनता बढी पाइन्छ ।
७.याकू गाविस 
याकु गाविस समुन्द्र सतहदेखि करिब दुई हजारदेखि चार हजार फिट सम्मको उचाइमा फैलिएको लाम्चो आकारको छ । यहाँको चर्चित डाँडा ओख्रे डाँडा हो भने चर्चित खोला हङग्रायो खोला रहेको छ । यस गाविसको क्षेत्रफल २४.७८ वर्ग कि.मि. रहेको छ भने यहाँ ३,२२६ जनसंख्या रहेका छन् । साथै ५६६ घरधुरी रहेको छ । यस गाउँको नाम याकू कसरी रह्यो भन्ने बारे पनि एउटा जनश्रुति पाइन्छ । किरात राईहरूका आदि पुर्खा ओदालुङको आगमन पहिला यो ठाउँ जंगलै जंगलले भरिएको थियो । हालको वडा नं. ९ अन्तर्गत जिमिगाउँमा उनले एउटा याक्सा अर्थात् कटेरो पनि बनाए । पछि यही याक्सा शब्द अपभ्रंश भएर यस गाउँको नाम याकू रहन गएको हो । ओदालुङल जंगली बिर सुगुर अर्थात् बनेल मारी खाएपछि च्याङग्रेको तलेगाउँबाट लखेटिएका हुन् भन्ने भनाई रहेका देखिन्छ । उनी याङ, याक्सा वा खिम अथवा राम्रो निवास (घर) को खोजी गर्दै आएको र यही याङ शब्द अपभ्रंश भइ याकू हुन गएको भन्ने भनाइ पनि रहेको पाइन्छ । यस गाविसमा विभिन्न जात जातिको मिश्रित बसोवास रहेको छ भने विभिन्न नगदे तथा अन्न बाली उत्पादन हुने गरेको देखिन्छ । यस गाविसमा १ मावि तथा ५ वटा प्रावि स्कूल रहेका छन् । यहाँका पर्याटकीय बाह्रपोखरी, थलाथुम्को तथा ओख्रेको डाँडा आदि स्थानलाई लिने गरिन्छ ।
८.तिवारीभञ्ज्याङ गाविस 
तिवारी भञ्ज्याङ गाविसको क्षेत्रफल १६.५४ वर्ग कि.मि.रहेको छ । सदरमुकाम भोजपुरबाट ९ कोष टाढा रहेको यस गाविसमा ५५४ घरधुरी तथा २,७०६ जनसंख्या रहेको छ । यहाँ एक निमावि र ३ प्रावि स्कूल रहेका छन् । यहाँ धान, कोदो, मकै, आलु, साग–सब्जी, तथा स्थानीय स्तरका फलफूल आदि उत्पादन हुने गर्दछन् । यहाँ क्षेत्री बाहुन, राई, तामाङ, कामी, दमाई, आदि जातजातिको समिश्रित समाज पाइन्छ । यहाँ नागी, पाखा र जंगल आदिले गर्दा गाईभैसी तथा भेडाबाख्रा पालनका साथै दुध, दही, घिउ उत्पादन पनि हुने गरेको देखिन्छ । यहाँका बन–जंगलमा पात्ले, चिलाउने, ढाल्ने, सल्ला, अनि बाँसका विशाल झाँङहरूले हरियाली का साथै मनोरम पर्यावरणले गर्दा सुखद दृष्य–अवलोकन गर्न सकिन्छ ।
९.च्याङ्ग्रे गाविस 
भोजपुर जिल्ला सदरमुकामबाट पूर्वी भागमै पर्ने अर्को गाविस हो च्याङग्रे गाविस । यो ७ कोष टाढामा अवस्थित रहेको छ । यहाँ ६२६ घरधुरीका साथै ३,६५४ जनसंख्या रहेको छ  ।पञ्चकन्या मन्दिर तथा पोखरी यस ठाउको विशेष आकर्षण हो, यस गाविसको सबै वडाहरुमा मोटर बाटो पुगेको छ  । यस गाविसमा १ उच्च मावि तथा ५ वटा प्रावि विद्यालय रहेकाले पनि यहाँको शैक्षिक दर राम्रो रहेको मान्न सकिन्छ । यस गाविसमा क्षेत्री, बाहुन, नेवार आदि जातिको समिश्रित बसोवास रहेको छ भने प्रमुख अन्न बालीमा धान, कोदो, मकै, गहुँ, साथै तोरी, आलु, इस्कुस, रायो आदि तरकारी उत्पादनको राम्रो अवस्था रहेको छ । गाविसमा कृषि सेवा केन्द्र, पशु सेवा केन्द्र, उप सवास्थ्य चौकी साथै गाविसका युवाहरुद्धारा जिल्ला स्तरीय गैरसरकारी संस्था "युथ स्टार लामिडाँडा" समेत सञ्चालनमा ल्याएको छ ।
१०.बास्तिम गाविस 
बास्तिम गाविसको क्षेत्रफल २३.४६ वर्ग कि.मि. रहेको छ भने यो गाविस सदरमुकामबाट आठ कोष टाढा रहेको छ । यस गाविसको जनसंख्या २,९०९ रहनुका साथै ५४३ घरधुरी रहेको देखिन्छ । यहाँ मावि विद्यालय एउटा तथा प्रावि विद्यालय ३ वटा मात्र रहेका छन् । यहाँ राई, क्षेत्री, बाहुन, कामी, दमाई आदि जातजातिको बसोवास रहेको देखिन्छ । यहाँ उत्पादन हुने प्रमुख बालीनालीमा धान, मकै, कोदो, गहँु, जुनेलो आदि हुन् । यसैगरी यहाँ स्थानीय तरकारी तथा फलफूलको पनि उत्पादन हुने गरेको देखिन्छ ।
११.सानोदुङमा गाविस 
सानो दुङमा गाविसको क्षेत्रफल २१.८१ वर्ग कि.मि.रहेको छ भने यो गाविस सदरमुकामदेखि करिब दश कोष टाढा रहेको छ । यहाँ तीन वटा निमावि तथा तीन वटै प्रावि स्कूल संचालित रहेका छन् । यस गाविसको जनसंख्या २,९७३ रहेको छ भने घरधुरी ५३९ रहेको देखिन्छ । यहाँ क्षेत्री, बाहुन, राई, आदि जातजातिका साथै अन्य जनजातिमा पनि बसोवास गर्दछन् । यहाँको प्रमुख अन्न बाली धान, मकै, कोदा, जुनेलो, आदि हुन् भने नगदे बालीमा बदाम, आलु, सुठुनी आदि हुन् ।
१२.ठूलोदुङमा गाविस 
ठूलोदुङमा गाविस भोजपुर बजारदेखि ९ कोष टाढा रहेको पाइन्छ भने २५.३७ वर्ग कि.मि.मा फैलिएको छ । यस गाविसको जनसंख्या २,७०६ रहेको छ भने ५५४ घरधुरी रहेका छन् । यहाँ एउटा निमावि तथा ३ प्रावि स्कूल संचालित रहेका छन् । यहाँ राई, क्षेत्री, बाहुन, आदि जातजातिको बसोवास रहेको छ भने धान, कोदो, मकै, जुनेलो, बदाम, अदुवा, खुर्सानी, आदि अन्नबालीको उत्पादन हुने देखिन्छ । उहिले उहिले ठूलोदुम्मा तथा सानोदुम्माबाट हिँड्ने भरिया संस्कृति हिजोआज विस्थापित भइसकेको देखिन्छ । अक्करको भीर पार गर्दै चतरा हिँड्ने भरिया प्रचलन यतिबेला प्रायः लोपनै भइसकेको देखिन्छ । त्यसको परिपुर्तिका लागि गधा तथा खच्चडहरू यदाकदा देखिन थालेका छन् ।
१३.चरम्बी गाविस 
चरम्बी गाविसको क्षेत्रफल ३६.०० वर्ग कि.मि. रहेको छ भने यो गाविस भोजपुर सदरमुकामबाट १२ कोष टाढा रहेको छ । यस गाविसको जनसंख्या ३,१६७ रहेको पाइन्छ भने ६१६ घरधुरी संख्या रहेको देखिन्छ । यस गाउँको नाम पनि पुरानो मिथकसँग जोडिएको देखिन्छ । कुनै समयमा यहाँ एक यो ठाउँ घनघोर जंगल थियो । यसलाई खोरिया फाँडी आवाद गर्दै लैजानका लागि सर्वप्रथम् चरंगे थरका राईले पहल कदमी उठाए र बस्ती पनि बस्न पुग्यो । त्यसै बेलादेखि यस ठाउँको नाम चरम्बी रहन गएको हो । यस गाविसको पूर्वमा अरुण नदी तथा उत्तरमा प्याउली गाविस पर्दछ भने पश्चिममा याकू तथा दक्षिणमा जरायोटार गाविस पर्दछ । यस गाविसमा तीन प्रकारको हावापानी अर्थात् जाडो, न्यानो र गर्मी पाइन्छ । यस गाविसमा लालीगुराँस, साल, सल्ला, बयर, खयर, चिलाउने तथा बिलाउने आदि वनस्पती पाइनुका साथै खेती योग्य भूमि प्रसस्त पाइन्छ । यहाँ राई, तामाङ, मगर, कुमाल, माझी, क्षेत्री, बाहुन, भुजेल, सार्की, दमाई, कामी, सन्याषी आदि सबै जातजातिको सम्मिलन बसोवास गरेको पाइन्छ । यहाँ उर्वर भूमि भएकाले धान, मकै, कोदो, गहुँ, जुनेलो, फापर, मास–मस्याङ, तोरी, आदिका साथै आँप, कटहर, लिची, सन्तला, जुनार बयर, नास्पती, आरु, आल्चा, दारिम निबुवा, कागती, ज्यामिर, बिमिरो, काफल, अमला आदि फलफूल पनि प्रसस्तै उत्पादन हुने गरेको देखिन्छ । यस गाविसमा एक मावि, एक निमावि तथा तीनवटा प्रावि स्कूल साथै उपस्वास्थ चौकी, हुलाक, रेडक्रस, महिला विकास चमेल ीबन समूह आदि संघसंस्थाहरू संचालित रहेका छन् ।
१४.प्याउली गाविस 
भोजपुर जिल्ला सदरमुकामबाट ८ कोष टाढा रहेको प्याउली गाविस एक रमणीय गाविस हो भन्दा अत्युक्ति हुँदैन । यस गाविसको क्षेत्रफल १३.८८ वर्ग किलोमिटर रहेको छ । यस गाविसको जनसंख्या २,५५० रहेको पाइन्छ भने महिलाको संख्या १२५८ र पुरुषको संख्या ११९२ रहेको छ । यहाँ ५१५ घरधुरी रहेका छन् । प्रमुख बालीनालीमा धान,कोदो, मकै, आदिका साथै सागसब्जी, तरकारी, आलु, तोरी आदिको पनि उत्पादन राम्ररी नै हुने गरेको देखिन्छ । यहाँ फलफूल तथा नगदे बालीको पनि राम्रो उत्पादन हुने गरेको पाइन्छ । यहाँका शिक्षित युवा वर्ग काठमाडौं तथा देश–विदेशतर्फ पनि रोजगारीका लागि गएको देखिन्छ ।

पश्चिम भाग

1.गुप्तेश्वर÷सिद्धेश्वर गाविस:
गुप्तेश्वर गाविस बोक्खिम गाविसपछिको अर्को गाविस हो । यस गाविसलाई शेरा खोलाले छुट्याएको छ भने सिद्धेश्वर गाविससँग यो गाविस जोडिएको छ । यस गाविसको क्षेत्रफल १७.२७ वर्ग किलोमिटर रहेको छ भने यसैसँग जोडिएको सिद्धेश्वर गाविसको क्षेत्रफल १७.४२ वर्ग किलोमिटर रहेको छ । यी दुवै गाविसलाई मिलन गराउने दाँवा बजार तथा लामो मूल बाटो हो । जहाँबाट दिल्पाछिनामखू हुँदै खोटाङ जिल्लातर्फ जाने यात्रीगाउँले वा भरिया आदि बटुवाहरू हिँड्ने गरेको देखिन्छ । गुप्तेश्वर तथा सिद्धेश्वर गाविसमा उत्पादन हुने मुख्य अन्नबालीमा धानमकैकोदोगहुँ आदि नै हुन् । यहाँ बदामआलु,इसकुसअदुवा जस्ता नगदे बाली पनि प्रसस्तै उत्पादन हुने गर्दछ । यसैगरी फलफूलमा सुन्तलानास्पतीअम्बककेराआँपकटहरआरुआल्चा आदिका साथै नगदे खेती अलैचीको पनि खेती गर्ने गरेको पाइन्छ । यहाँ राईनेवारक्षेत्रीबाहुनकामीदमाईसार्कीकुमालआदि सबै जातजातिको बसोवास रहेको पाइन्छ । यहाँ प्राथमिक विद्यालयदेखि प्लस टु सम्मको अध्ययनशिक्षणको व्यवस्था रहेको छ भने स्वास्थ संस्थाप्रहरी चौकीसार्वजनिक पुस्तकालय आदि संधसंस्थामा स्थापित रहेका छन् । यी गाविस हुँदै चल्ने यातायात धनकुटा तथा धरान हुँदै राजधानीसम्म जोडिसकेको देखिन्छ । यी गाविसको नाम गुप्तकाली तथा सिद्धकालीका नामबाट उत्खनन् गरिएकाले गुप्तेश्वर अनि सिद्धेश्वर रहन गएको भन्ने कथन रहिआएको छ ।
2.तिम्मा गाविस:
गुप्तेश्वर तथा सिद्धेश्वर गाविसको उत्तर सिमानामा जोडिएको साथै तीन थुम्के र मैयुँ पहाडको पश्चिमदक्षिण दिशामा रहेको गाविस हो तिम्मा गाविस । यस गाविसको क्षेत्रफल ५०.४० वर्ग कि.मि.रहेको छ भने सदरमुकामबाट ७ कोष टाढा रहेको छ । यहा ३,२५१ जनसंख्या रहेका छन् भने ६३५ घरधुरी रहेको छ । यस गाविसमा एक माविएक निमावि र तीन वटा प्रावि स्कूल रहेका छन् । मुख्य रुपमा राई जातिको बसोवास रहेको यस गाविसमा धान,कोदोमकैगहुँतथा आलुफर्सीइसकुस आदि अन्न र सागपात उत्पादन हुने गरेको देखिन्छ । भौगोलिक बनावटका कारण यो गाविस निक्कै कुनामा रहे तापनि लेक तथा बेसीको समायोजनका साथै भोजपुर जिल्लालाई लगभग आधा सिमानामा चिरेर बग्ने ठूलो नदी पिखुवाको शिर पनि यसै गाविससँग जोडिएका यस ठाउँको महत्व आफ्नै स्थानमा रहेको देखिन्छ । यहाँ गाई गोठका साथै भेडी खर्क पनि भएकाले पशुपालनको राम्रो संभावना रहेको देखिन्छ ।
3.छिनामखू गाविस:
छिनामखू गाविसको क्षेत्रफल ३२.८६ वर्ग कि.मि.रहेको छ भने यहाँको जनसंख्या ३,२८८ रहेको छ । यस गाविसमा ६६७ घरधुरी रहेका छन् भने सदरमुकामबाट यो गाविस करिब ७ कोष टाढा रहेको छ । पूर्वमा पिखुवा नदीको उद्गमपश्चिममा याङटाङ खोलाको  छङछङ अनि उत्तरतर्फ विशाल हरिया नागी चौरले गर्दा यो गाविस विविध प्राकृतिक सुन्दरताले सजिएको पाइन्छ । २००७ सालका क्रान्तिको  नेतृत्वकर्ता नारदमुनि थुलुङडा.भूदेव राई,ध्यानबहादुर राईदेवान सिंह राई आदि योद्धाहरूको जन्म यही गाउँमा भएको थियो । भोजपुर जिल्लामा शिक्षाको ज्योति फैलाउने श्रेय पनि नारदमुनि थुलुङलाई नै दिने गरिन्छ । यस गाविसको गौरब मात्र नभएर नेपालको राजनैतिक चेतना विस्तार अनि परिवर्तनको एक संवाहकका रुपमा स्थापित स्व.थुलुङको प्रजातन्त्र र शिक्षाका लागि पनि उत्तिकै ठूलो अनि अबिष्मरणीय योगदान रही आएकाले यस गाविसको विशिष्ट पहिचान रही आएको पाइन्छ । यस गाविसमा राईक्षेत्रीगुरुङतामाङनेवारकामीदमाईआदि जातजातिको बसोवास रहेको देखिन्छ । यहाँ धानकोदोमकैआदि अनाजका साथै अलैचीसुन्तलानास्पतीआरुअम्बककेराआँपकटहरआदि फलफूलको पनि राम्रो उत्पादन हुने गरेको पाइन्छ ।
4.अन्नपूर्ण गाविस:
भोजपुर जिल्लामै चर्चित सुन्दर टेम्के डाँडाको श्रृखलामा रहेको दिल्पा गाउमाँ दुई गाविसहरू छन् । ती हुन् नागी र अन्नपूर्ण । जसमध्येको एक हो अन्नपूर्ण गाविस । यो गाविस सदरमुकाम देखि करिब आठ कोष टाढा रहेको छ । यस गाविसमा १,८२१ जनसंख्या रहेको छ भने ३८३ घरधुरी रहेका छन् । यहाँ २०१० सालमै खोलिएको अन्नपूर्ण माविजसलाई भर्खरै उच्चमावि बनाइएको छ भने तीन वटा प्रावि संचालित रहेका छन् । यहाँ हेल्थपोष्ट,प्रहरी चौकी तथा हुलाक जस्ता सरकारी कार्यालयहरू पनि स्थापित छन् । यहाँ एक ऐतिहासिक भुरुचोक डाँडा पनि रहेको छ । जुन डाँडामा लखेटिएका श्री ३ देवशम्शेर तथा २०१३ सालमा राजा महेन्द्रले पनि सवारीका बेला क्याम्प खडा गरी बसेका थिए । त्यसैबेला देखि स्थानीय राई बान्तवा भाषामा स्थापित भुरुचोक नाम परिवर्तन गरी क्याम्प डाँडा भन्दाभन्दै क्याम्पाडाँडा नाम रहन गएको देखिन्छ । यस गाविसमा रहेको अर्को महत्वपूर्ण तथा ऐतिहासिक धरोहर हो  भीमसिन थान । यस भीमसिन थानको पनि आफ्नै किमदन्ती रहेको पाइन्छ । उहिले नै यही गाउँमा बसोवास गर्ने किरात राई जातिका जिरामुनि राई ज्यादै शक्तिशाली थिए । उनी रात परेपछि आफ्नो पौरख र पराक्रम प्रदर्शित गरी दिउँसो गर्न नसकिएका कामहरू गर्ने गर्दथे । पिखुवा र वाचिम्ले खोलाको दोभान माथि उनैले बिराएको बिरौटे खेत र उनैको शिरपोश खोपिल्टे ढुंगा भीमसिनथानका रुपमा आजसम्म संरक्षित गरिएको छ । उनैको सामर्थशक्ति र नाममा निर्माण भएको भीमसिनथान आजसम्म स्थानीय बासिन्दाको आस्था र सम्पदाको केन्द्र बनेको देखिन्छ । यसैको नजिकै रहेको देवी थान पनि स्थानीय बासिन्दाका लागि महत्वपूर्ण रहेको देखिन्छ ।
यस गाविसमा उत्पादन हुने धानमकैकोदोगहुँतथा आलुपिडालुसुठुनीइसकुसफर्सी आदि खाद्यान्न साथै सुन्तलाअम्बकनास्पतीआरुआल्चाकेरा,आँप आदि फलफूलहरू सदरमुकाम हुँदै धरानबिराटनगरतर्फ पनि बिक्री बितरणका लागि जाने गरेको पाइन्छ । यहाँ पशुपालनका लागि पनि राम्रो रचन क्षेत्र रहेको छ । मुख्य राई जातिको सघन बस्ती भए तापनि बाहुनक्षेत्रीभुजेलनेवारदमाईकामीसार्की आदि जातिको पनि समिश्रित बसोवास रहेको देखिन्छ । साँस्कृतिक रुपमा पनि यो गाविस अगाडि नै रहेको देखिन्छ । राई जातिले प्रत्येक बर्ष मनाउने साकेवा नाच (चण्डी) उभौली र उधौली पर्व यहाँ भव्यताका साथ मान्ने गरिन्छ ।
5.नागी गाविस:
दिल्पा गाउँमै अवस्थित अर्को  रमाइलो भेग हो नागी गाविस । नागी गाविस मनोरम टेम्के डाँडाको फेदमै जोडिएको सुन्दर गाउँ हो । जहाँ चाँपचिमल र गुराँसका सदाबहार सुन्दर धारीले मानव निर्मित बनउपबनलाई पनि बिर्साइरहेको हुन्छ । युगयुगान्तर फेरिँदो मानव चोलाको चल्ती जीवनशैलीमा पनि साथ दिइरहको हुन्छ । साउने खोलाको बहकिँदो छङछङ छाँगामादाकबुङ र लेम्चुङ बुङका हाँगाहाँगामा अनि बुकीबुट्ट्यान फुल्ने पाखामा नागी रमाइ रहेकै हुन्छ । त्यो नागी हो जहाँ चरापिउरा र मृगघोरलहरू उग्राइरहेका हुन्छन् । टेम्केको बाक्लो मालिङ्गो घारीको एकान्तमा कालिजका ससाना चल्लाहरू नारावा शिली नाचिरहेका हुनेछन् त्यो नागी हो जहाँका बासिन्दा स्वयं कवि हुनसक्छन् अनि स्वयं नागीको रङमगिँदो हाक्पारे रागमा ती धुपीसल्ला अनि चुथ्रोहरू नाचिरहेका हुन्छन् । नागी टेम्केको फेद हो । जहाँ अजम्बरी बुट्टी र ओखतीहरू फल्दछ । धानकोदोमकै अनि गहुँ जस्ता बालीनाली हुन्छन् । राई जातिको सघन बस्ती रहेको नागीमा बाहुनक्षेत्रीदमाईकामी आदि जातिको मिश्रित शान्त बसाइ रहेको छ । यस गाविसमा १४२५ जनसंख्या रहेको छ भने २९४ घरधुरी पनि रहेका छन् भने  यो गाविस १०.३३ वर्ग कि.मि.क्षेत्रफलमा फैलिएर रहेको छ । यस गाविसमा एक मावि तथा दुई प्रावि स्कूल संचालित रहेका छन् ।
6.खावा गाविस:
टेम्के डाँडाकै दक्षिण हाँगामा जोडिएको गाविस हो खावा । यस गाविसमा तीन मुख्य गाउँ रहेका छन् । ती हुन् खावाचोलन्ती र केराबारी । केराबारी अन्तर्गत नै रहेको छ सुङखुराङ गाउँ पनि । चोलन्ती गाउँ भने टेम्केकै फेदमा लेपासिएर रहेको गाउँ हो । खावा गाविसको क्षेत्रफल १७.८२ वर्ग कि.मि.रहेको छ भने यहाँ २,५५० जनसंख्या रहेका छन् । यस गाविसमा ४९२ घरधुरी रहेका छन् । १ मावि१ निमावि र ४ प्रावि स्कूल संचालित रहेको खावा गाविसले पूर्वउत्तर मोहोडा फर्काएर हेर्ने गर्दछ । चोलन्तीले टेम्केलाई सधैँ शिरमा राखेको देखिन्छ भने टेम्केले बादलको घुम्टो ओड्दा चोलन्ती बर्षास्श्रुले निथ्रुक्कै हुने गर्दछ । टेम्केमा चाँपगुराँस फुल्दा चोलन्तीको शिरमा शिरबन्दी लाए जस्तै हुन्छ । यसैले खावा रमाइलो मनमा बाँच्दछ वारिला भीरतिर द्वारे फूलहरू फुलाएर । घुर्बिसे पाखाहरूमा टल्किने सेताम्मे शीतहरू खावाको आफ्नो छुट्टै पहिचान हो । खस्रुगोब्रेसल्लोभोटेपातीभैरुङपाती अनि चिराइतो जस्ता प्रकृति प्रदत्त ओखतीको भण्डार हो खावा । जहाँ डाँफेमुनालका गोठाले गीत अनि नाचका पाङदुरे भाकाहरू सधैँ लोकार्पित हुने गर्दछन् । गाईभैसी र भेडाबाख्राका थलोकिलो सोतरका बिस्तारा ओछ्याइरहेकै हुन्छन् । शिर भएर साउने खोला वाचिम्ले नदीमा बगिरहन्छ खावा । यही हो खावा गाउँ र गाविस । यहाँका शिक्षित युवा वर्ग राष्ट्र तथा अन्तराष्ट्र क्षेत्रमा समेत स्थापित भएका छन् ।
7.कोट गाविस:
भोजपुर सदरमुकामदेखि करिब ६ कोष टाढा रहेको कोट गाविस खावा तथा गोगने गाविससँग जोडिएको गाविस हो । यहाँको जनसंख्या ४,४८५ रहेको देखिन्छ भने ९१९ घरधुरी संख्या रहेको छ । यस गाविसको क्षेत्रफल १९.७५ वर्ग कि.मि.रहेको छ । यहाँ स्वास्थचौकीअतिरिक्त हुलाकविद्यालय स्रोत केन्द्र का साथै १ मावि१ निमावि र ८ प्रावि स्कूल संचालित रहेका छन् । यस गाविसमा बाहुनक्षेत्रीराईनेवारदमाईकामीसार्कीसंन्याषीतामाङमगर आदि जातजातिको बसोवास रहेको छ । यहाँ शंकरेश्वर शिव मन्दिरथानेश्वर शिवालयबतासे मानाङ्गी देवीथानआदि धार्मिक स्थलहरू पनि रहेका छन् । राणाकालीन समयमा हालकोे वडा ४ र ५ को बीचमा पर्ने डाँडामा मौलो गाडी कोत पूजा गरिन्थ्यो । त्यही पछि गएर कोट डाँडाका नामले प्रचारित हुँदै गयो र कालान्तरमा कोट गाउँ भन्दाभन्दै कोट गाविस बन्न पुग्यो । हिजोआज यहाँ गाविस भवन तथा प्रतावित जनोदय उच्च मावि रहेका छन् ।  
8.गोगने गाविस:
सदरमुकामदेखि करिब ७ कोष टाढामा अवस्थित गाविस हो गोगने । यस ठाउँमा गोगन जातको बोट घाँस प्रसस्तै पाइने हुनाले यस ठाउँको नाम गोगने रहन गएको मिथक पनि पाइन्छ । यसको क्षेत्रफल १०.९७ वर्ग कि.मि.रहेको छ भने यहाँ ४४६ घरधुरी रहेको छ । यस गाविसको जनसंख्या २,२८६ रहेको देखिन्छ । यहाँ १ मावि तथा ४ प्रावि स्कूल स्थापित छन् । वि.सं.१८७७ सालमा राजेन्द्र बीर बिक्रम शाहबाट ताम्रपत्र प्राप्त गरी यो क्षेत्र बिर्ता पाएको ऐतिहासिक तथ्य पाइन्छ भने यो गाविस भोजपुर माझकिरात पूर्वको हाल मूलपानी गाविसमा पर्ने दिङला पछिको अर्को शैक्षिक केन्द्रका रुपमा लिने गरिन्छ । वि.सं.१९९७ सालमै स्थापित विद्येश्वर विद्यालय गोगनेका न्यौपाने समाजले समर्पित गरेको बार्षिक ५०० सय मुरी धानको अक्षयकोष काभ्रे गुठी अहिले पनि अनवरत रहेको छ । यही कारण यो गाविस चर्चित हुनपुगेको हो भन्न सकिन्छ ।
9.लेखर्क गाविस:
जिल्ला सदरमुकामबाट करिब ८ कोष टाढा रहेको लेखर्क गाविसको जनसंख्या २,९२१ रहेको छ भने यहाँ बसोवास गर्ने जातजाति राईतामाङशेर्पागुरुङ,बाहुनक्षेत्रीकामीदमाईसार्की आदि रहेका छन् । यस गाविसको कुल क्षेत्रफल २१.०८ वर्ग कि.मि.रहेको पाइन्छ । लेक भन्नाले अग्लो सेपिलो थुम्को,पर्वत र खर्क भन्नाले गाईबस्तुको चरन क्षेत्र जो बाँझै छोडिएको जमिन यी दुई शब्द मिली बनेको लेखर्क गाविस भएकाले पनि उत्पादनका हिसाबले त्यति राम्रो देखिँदैन । टेम्के र सेल्मेको गल्छी पान्धारे बजार यस गाविसको मुख्य ब्यापारिक केन्द्र रहेको देखिन्छ । यहाँ भोजपुरका मात्र नभएर खोटाङसोलुखुमबूओखलढुंगा आदि जिल्लाका स्थानीय उत्पादनका विविध सरसामग्री अनि वस्तु लिएर क्रयबिक्रयका लागि यही पान्धारे बजारमा आउने गर्दछन् । स्थानीय उत्पादनका जाँडरक्सी पनि प्रसस्तै बेचबिखन गरिने हुनाले हाट लागेका बेला कहिले काहिँ लडाइँझगडाकुटपिट र रिसईबी साध्ने कार्य पनि हुने गरेको देखिन्छ । बजार लाग्ने ठाउँसँगै प्रसस्तै पानीको मूल र पोखरी भएकाले यहाँ माछा पालन पनि गरिएको पाइन्छ । हुनसक्छ भोजपुर जिल्लाकै यति उचाईमा बनाइएको पोखरी र माछा पालन एउटा नमूना नै हो । यहाँबाट सगरमाथा र कञ्चनजंघा जस्ता सुन्दर हिमश्रृखलाको दृष्य अवलोकन पनि गर्न सकिन्छ भने यहाँबाट करिब एकघण्टा उकालो चढेपछि टेम्केको चुली पुग्न सकिन्छ । त्यहाँबाट कोशीको भीमनगर पुल तथा राती गुड्ने मोटर गाढी पनि देख्न सकिन्छ ।
10.दलगाउँ गाविस:
भोजपुर सदरमुकामबाट ५ कोष टाढा रहेको दलगाउँ गाविसको क्षेत्रफल २०.११ वर्ग कि.मि.रहेको छ भने यस गाविसमा २,९५४ जनसंख्या रहेको छ । यस गाविसमा जम्मा ५८२ घरधुरी रहेका छन् । यहाँ १ मावि१ निमावि र २ प्रावि स्कूल खुलेका छन् । यस गाविसमा क्षेत्रीबाहुननेवार आदि जातिको बसोवास रहे तापनि दहालसुवेदी आदि बाहुन जातिको सघन बसोवास रहेको छ ।  धानमकैकोदोआदि अनाज उत्पादन हुने उर्वर जमिन पनि यस गाविसमा रहेको पाइन्छ ।
१३.भुल्के गाविस:
सुन्दर भेग र बस्तीहरूले सजिएको भुल्के गाविस एक रमणीय ठाउँ हो । यो सदरमुकाम देखि पश्चिमदक्षिण भेगमा करिब ६ कोषको दुरीमा रहेको छ । यस गाविसको क्षेत्रफल १३.३२ वर्ग कि.मि.रहेको छ भने यहाँ ५३५ घरधुरी रहेका छन् । साथै यहाँको जनसंख्या २,७६७ रहेको देखिन्छ । समुन्द्र सतहदेखि २५ सय फिट उचाईमा रहेको यो गाविसको सिमाना पूर्वमा दलगाउँ र साबुबा खोलापश्चिममा धोत्ले खोलाउत्तरमा मूलडाँडा र दक्षिणमा बेहेरे खोला पर्दछ । जमिनको पानी ६÷७ फिट माथिसम्म उठ्ने भएकाले यस गाविसको नाम भुल्के रहन गएको भन्ने भनाई रहेको छ । भुल्केमा भट्टराईहरू बसोवास सेन राजाको पालादेखिनै भएको हो भन्ने कथन रहेको पाइन्छ । वि.सं.१७११ मा वृहस्पति भट्टराईले राजा बिक्रम सनेबाट कुश बिर्ता पाएका हुन् भन्ने भनाई पनि यहाँ रहेको देखिन्छ । विस.१७८० देखिनै यहाँ भट्टराईहरुले देवाली कुल पूजा गर्ने गरेका बताइन्छ । प्रत्येक तीन बर्षमा गरिने देवाली कुल पूजा गर्दा चाहिने निखुर अर्थात् निखुनी कालो वा सेतो बोको भोग दिने गरिएको पाइन्छ । यस देवालीमा सहभागी हुन छिमेकी जिल्लाबाट पनि बन्धुबान्धव आउने बताइन्छ । 
11.ओख्रे गाविस:
ओख्रे गाविसको क्षेत्रफल १९.८२ वर्ग कि.मि.रहेको छ भने यो गाविस भोजपुर सदर मुकामबाट करिब ७ कोषको दुरीमा रहेको पाइन्छ । यस गाविसमा ५७५ घरधुरी रहेका छन् भने २,७९८ जनसंख्या रहेको देखिन्छ । राईशेर्पाक्षेत्रीबाहुननेवारकामीदमाईसार्की आदि जातजातिको समिश्रित बसोवास रहेको यस गाविसमा धान,कोदोमकैगहुँका साथै आलुइसकुससागसब्जी तरकारीको राम्ररीनै उत्पादन हुने गरेको देखिन्छ । यस गाविसमा २ निमावि तथा ३ प्रावि स्कूल संचालित रहेतापनि यस गाविसको शैक्षिक प्रतिशत राम्रो रहेको देखिन्छ । यहाँका जागरुक शिक्षित युवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा समेत स्थापित रहेका छन् ।
12.धोद्लेखानी गाविस:
भोजपुर सदरमुकामदेखि पश्चिम भागमा पर्ने धोद्लेखानी गाविसमा १ मावि१ निमावि तथा २ प्रावि स्कूल संचालित रहेका छन् । यसैबाट पनि यस गाविसको शैक्षिक अवस्था आँकलन गर्न सकिन्छ । सदरमुकामदेखि करिब ८ कोष टाढा रहेको यस गाविसमा ४५२ घरधुरी रहनुका साथै २,२९९ जनसंख्या रहेको देखिन्छ । यस गाविसको क्षेत्रफल १५.५६ वर्ग कि.मि. रहेको पाइन्छ । यहाँ बाहुनक्षेत्रीराईआदि जातिको बसोवास रहेको देखिन्छ भने प्रमुख अन्नबालीमा धानमकैकोदो आदि रहेको देखिन्छ । स्थानी फलफूलका बोटबिरुवाका साथै प्रसस्तै डाले तथा भुइँ घाँस पाइने यस गाविसमा खेतीपाती लगायत पशुपालन पनि गर्ने गरेको देखिन्छ ।

दक्षिण भाग

१.बैकुण्ठे गाविस
भोजपुर सदरमुकामबाट ८ कोष टाढा रहेको बैकुण्ठे गाविसको क्षेत्रफल २७.९३ वर्ग कि.मि.रहेको छ भने यहाँ ६४४ घरधुरी रहेका छन् । यसैगरी यहाँको जनसंख्या ३,३५३ रहेको छ । यस गाविसमा ५ वटा प्राथमिक विद्यालय रहेको देखिन्छ । अति बेगले बग्ने बेहेरे खोला पश्चिमबाट पूर्व गरेर पिखुवा खोला समाहित हुने गर्दछ यस क्षेत्रका जनजीवनसँग विविध र ठूलो महत्व राख्ने बेहेरे खोलाले बैकुण्ठेकटुन्जे (धोद्लेखानी)भुल्केमानेभञ्ज्याङगाविसहरूका लागि उपयोगी जलाधार क्षेत्रको रुपमा रहेको छ । यस गाविसमा महादेवथानगोल्मे पहाडपहरानागछाँगासुच्चा ओडारपामाखाम गढी आदि महत्वपूर्ण र ऐतिहासिक ठाउँहरू रहेका छन् । महादेवथानमा बालाचतुर्दशीशिवरात्रीका बेला भक्तालुहरूको भीडनै लाग्ने गर्दछ भने गोल्मे पहराको आफ्नै कथा रहेको पाइन्छ । उत्तरतर्फ मोहडा फर्केको भीरालो चट्टाननै कलियुग पूर्व गोल्मेराजा गोल्मेरानीको बिबाह भएको सामग्री ढुंगाचट्टान र पहराको रुपमा परिणत भएको थियो भन्ने किंवदन्ती अहिले पनि पाइन्छ । वि.सं.१९९० सालको महाभूकम्प अघि यहाँ ढोलझ्याम्टा सधैँ बज्ने गरेका कथन बूढापाकाहरूको संस्मरण रहेको छ । हिजोआज पनि धामीझाँक्रीबिजुवा आदिका लागि तान्त्रिक शक्तिबल आर्जन गर्ने गोल्मा राजारानी प्रार्थनीय छन् । यसैको नामबाट गोल्मारानी प्रावि बैकुण्ठेहोम्तोकमा सञ्चालित छ । बैकुण्ठे र कटुन्जे गाउँको सीमा विन्दुको एकान्त पहराको कुनामा अवस्थित अनि बेहेरे खोलाको मुहानकै रुपमा चर्चित साथै अद्वितीय जलप्राप्त नागछाँगाको पर्यटकीयधार्मिकप्राकृतिक एवम्र सार्वजतिक महत्वको बयान गर्न सकिँदैन । लगभग तीनसय मिटर अग्लो यो छाँगा बाह्रै महिना चिसो पानी प्रवाहित हुने गर्दछ । चिल्लो चट्टानको सतहमा अनेकन् सर्प आकारका धर्साहरू चित्रित भएकाले नै यस छाँगाको नाम नागछाँगा रहन गएको देखिन्छ । यही गाविसमा रहेका सुच्चा ओडार तथा पामाखाम गढीको पनि बयान गरी साध्य छैन । बराहक्षेत्र देखि खोटाङदिक्तेलसोलुखुम्बूतर्फ मूलबाटो मै पर्ने यो पामाखाम गढी नेपाल एकीकरण अघि स्थानीय किराती राजाको  दरबार थियो । अहिले यो भग्नावशेषका रुपमा मात्र रहेको छ ।
२.मानेभञ्ज्याङ गाविस:
सदरमुकाम भोजपुरबाट ७ कोष दुरीमा रहेको मानेभञ्ज्याङ गाविसको क्षेत्रफल ३०.१६ वर्ग कि.मि.रहेको छ । यस गाविसमा ५६१ घरधुरी तथा ३,११६ जनसंख्या रहेका छन् । यहाँ बेहेरेश्वर मावि र ४ प्रावि स्कूल पनि संचालित रहेका छन् । साथै प्रहरी चौकीउपस्वास्थ चौकीगाविस भवन भानेभञ्ज्याङ बजारमा अवस्थित रहेका छन् । यहाँ एउटा मकुवाखोला पनि रहेको छ । जसमा हालिएको पुलले बैकुण्ठे र बासिखोरा गाविसलाई जोड्ने काम गर्दछ ।
३.बासिखोरा गाविस:
बासिखोरा गाविस जिल्ला सदरमुकामदेखि करिब ९ कोष पर रहेको छ । यस गाविसमा ६३० घरधुरी रहेका छन् भने यहाँको जनसंख्या ४,२०६ रहेका छन् । यस गाविसमा १ मावि१ निमावि र ५ प्रावि स्कूल संचालित रहेका छन् । यस गाविसमा राईक्षेत्रीबाहुनकामीदमाईआदि जातजातिको बसोवास रहेको छ भने धानकोदोमकै आदि अन्नबालीका साथै फलफूल तथा तरकारी आदिको पनि उत्पादन हुने गरेको देखिन्छ । यसगाविस,मा सिंहेश्वरी देवीको मन्दिर रहेकाले नै यही देवीको नामबाट सिंहेश्वरी मावि स्थापना भएको देखिन्छ । यस गाविसबाट दृष्यावलोकन गरिने रानीवास लुङगीनबास्तिम,ठूलोदुम्माखाक्सिमडाँडा तथा भोजपुर बजारको मनोरम प्राकृतिक छटाले यहाँ पर्यटकीय संभावना पनि रहेको पाइन्छ । कावाखोलामा लगाइएको पुलले बासिखोरा तथा रानीवास गाविसका जनतालाई जोड्ने काम गरेको देखिन्छ ।
४.रानीबास गाविस:
रानीबास गाविसको जनसंख्या ६,५५१ रहेको पाइन्छ भने  १,३१० घरधुरी रहेका छन् । सदरमुकामबाट यो गाविस करिब ११ कोष टाढा रहेको देखिन्छ । यसको क्षेत्रफल ४०.३४ वर्ग कि.मि.रहेको देखिन्छ । यस गाविसमा १ उच्च मावि२ निमावि र ६ प्रावि स्कूल संचालनमा रहेका छन् । यसगाविसबाट बासिखोराओख्रेबैकुण्ठेबास्तिमठूलोदुम्मा आदि गाउँका साथै चर्चित टेम्के डाँडाको चुचुरो पनि स्पष्टसँग अवलोकन गर्न सकिन्छ । यस गाविसमा प्राथमिक स्वास्थचौकीकृषि केन्द्रहुलाकप्रहरी चौकी आदि सरकारी निकायहरू स्थापित छन् भने हतुवागढीको आफ्नै एतिहासिक बिरासत रहेको छ । चौदन्डीगढीमा सेनवंशी शासकसँग सहशासन गर्दै रहेका किरात योद्धा अटलसिंह राईले हतुवागढीमा निर्माण गरेको ऐतिहासिक किल्ला यतिबेला रुग्ण र भग्न अवस्थामा रहेको देखिन्छ । त्यसै युगको आसपासमा विजयपुर गढीमा सत्ता सम्हालिरहेका बुद्धिकर्ण राईका सहयोगी सुन राईपुन राई आदि गोर्खाली फौजबाट धपाइएका आला इतिहास पनि यस हतुवागढीलाई किल्ला बनाउने अटलसिंह राईसँग जोडिएको देखिन्छ । जे होस इतिहास बोकेको रानीबास गाविस यतिबेला संरक्षण अनि सुधारको पखाईमा रहेको देखिन्छ । रानीबाससँग हतुवा अनि हतुवासँग अदुवाको  अनगन्ति मिथकहरू भेटिन्छन् । जो किरात राई जातिका संस्कृतिसँग जोडिने गर्दछन् ।
५.होम्ताङ गाविस:
भोजपुर जिल्लाभरिकै सबैभन्दा धेरै जनसंख्या भएको गाविस हो होम्ताङ । यहाँ ६,४०० जनसंख्या रहेका छन् भने १२६० घरधुरी रहेको छ । ३२.९१ वर्ग कि.मि.क्षेत्रफलमा फैलिएको यस गाविसमा १ मावि१ निमावि र ६ वटा प्रावि स्कूल रहेका छन् । ठूलोदुम्मारानीबासखैराङ र पात्लेपानी गाविससँग सिमाना जोडिएको यो गाविस भौगालिक हिसाबले पनि दुरगम स्थानमा पर्दछ । विशेष गरेर राई जातिको बसोवास रहेको यसगाविसमा अन्य जातजातिको पातलो उपस्थिति रहेको देखिन्छ । यस गाविसमा अन्यबालीका साथै अदुवा खेती हुने देखिन्छ ।
६.खैराङ गाविस:
खैराङ गाविसको क्षेत्रफल १५.५९ वर्ग कि.मि.रहेको छ भने यस गाविसमा ३,२०९ जनसंख्या रहेका छन् । साथै ६०१ घरधुरी रहेको पाइन्छ । जिल्ला सदरमुकामबाट करिब १२ कोष टाढा दक्षिणमा रहेको यो गाविस दुर्गम क्षेत्रकै रुपमा परिचित देखिन्छ । यस गाविसमा केवल ५ वटा प्राथमिक विद्यालयहरू रहेका छन् ।
७.पात्लेपानी गाविस:
करिब १४ कोष टाढा रहेको पात्लेपानी गाविसको कुल जनसंख्या ३,९५९ रहेको छ भने ७७३ घरधुरी रहेका छन् । क्षेत्रफलका हिसाबले यो गाविस २३.३६ वर्ग कि.मि.मा फैलिएको पाइन्छ ।
८.पाङचा गाविस:
यस गाविसमा १ निमावि र ५ मावि संचालित छन् भने यस गाविसको क्षेत्रफल ३५.१३ वर्ग कि.मि.फैलिएको देखिन्छ । जिल्ला सदरमुकामबाट करिब १८ कोष टाढा रहेको यस गाविसको जनसंख्या २६७० रहेको देखिन्छ । उदयपुर जिल्लासँग जोडिएको  यो गाविस बालङखापावला र दुङमाना गाविससँग सीमा जोडिएको देखिन्छ । भौगोलिक बनावटका हिसाबले भन्ने हो भने सबभन्दा माथि कुलुङ गाविस रहेको छ भने सबभन्दा तल पाङचा गाविसनै रहेको देखिन्छ ।
९.पावला गाविस:
पाङचाबालङखादेवानटार अनि दुङमाना गाविसको बीचमा रहेका साथै भौगोलिक क्षेत्रफलका आधारमा पनि सानो रहेको गाविस हो पावला गाविस । यस गाविसमा २५५ घरधुरी रहनुले पनि यसको पुष्टि गर्दछ । यो गाविस भोजपुर बजारबाट करिब १५ कोष टाढा रहेको देखिन्छ । यहाँ ७५७ महिला र ७२९ पुरुष गरी १,४८६ जनसंख्या रहेका छन् भने यस गाविसको क्षेत्रफल १४.१६ वर्ग कि.मि.रहेको पाइन्छ । यस गाविसमा संचालित १ निमावि र १ प्रावि स्कूल रहेकाले पनि यस गाविसको शैक्षिक प्रतिशतको आँकलन गर्न सकिन्छ ।
१०.देवानटार गाविस:
देवानटार गाविसको क्षेत्रफल ३४.१७ रहेको देखिन्छ भने सदरमुकामदेखि यो गाविस करिब १४ कोष टाढा दक्षिणमा रहेको छ । यस गाविसमा १ मावि१ निमावि र ७ प्रावि स्कूल संचालनमा रहेको देखिन्छ । घरधुरीका हिसाबले यस गाविसमा ७०८ धुरी रहेका छन् भने जनसंख्या ३,८४१ रहेको देखिन्छ ।
११.यूँ गाविस:
भोजपुर सदरमुकामबाट करिब ११ कोष टाढा दक्षिणमा पर्ने यूँ गाविसको क्षेत्रफल १६.११ रहेको देखिन्छ । यस गाविसमा ३८६ घरधुरी रहेका छन् भने २,१५० जनसंख्या रहेका छन् । १ निमावि तथा २ प्रावि संचालनमा रहेको यो गाविस बासिखोरावासिङथर्पूथिदिङखाबालङखार देवानटार आदि पाँचवटा गाविसले घेरिएको साथै उत्तरदक्षिण आकृतिमा रहेको पाइन्छ । भौगोलिक रुप्मा ज्यादै सानो देखिने यो गाविसमा शैक्षिक प्रभाव राम्रो रहेको देखिन्छ । विशेष गरेर राई जातिको बाहुल्यता रहेको यो गाविसमा अन्नबाली तथा स्थानीय फलफूल तथा सागसब्जीको पनि उत्पादन हुने देखिन्छ । उपस्वास्थ चौकीगाविस भवन तथा स्कूल यूँ गाविसको भीमाचोक बजारमा रहेको  छ ।
१२.थिदिङखा गाविस:
यूँ गाविसको ठ्याक्कै पश्चिम दिशामा रहेको थिदिङखा गाविसको क्षेत्रफल १८.७० वर्ग कि.मि.रहेको छ । यो गाविस जिल्ला सदरमुकामबाट करिब १४ कोष टाढा रहेको देखिन्छ भने यस गाविसमा ४५० घरधुरी तथा २,२९३ जनसंख्या रहेको पाइन्छ । १ निमावि र ३ प्रावि स्कूल संचालित रहेको यस गाविसको ठूलो कक्षासम्म पढाइ हुने स्कूल भनेकै शिक्षा ज्योति निमावि हो । जो थिदिङखापसलभञ्ज्याङमा रहेको छ । विकास निर्माणका हिसाबले निक्कै पछि रहेको यो गाविसको पूर्वमा यूँ गाविसपश्चिमा दुधकोशीउत्तरमा वासिंथर्पू र दक्षिणमा बालङखा गाविस पर्दछन् ।
१३.वासिङथर्पू गाविस:
भोजपुर जिल्ला सदरमुकामदेखि दक्षिण दिशामा अवस्थित वासिङथर्पू गाविस करिब १२ कोष टाढा रहेको पाइन्छ । यस गाविसको क्षेत्रफल ११.१६ वर्ग कि.मि.रहेको छ भने ३२५ जति घरधुरी रहेका छन् । यस गाविसको जनसंख्या १,७८० रहेको छ भने ९३३ महिला र ८४७ पुरुष रहेका छन् । यहाँ संचालित शिक्षण संस्थामा १ मावि तथा १ प्रावि गरी दुई वटा विद्यालय रहेका छन् । यसगाविसको पश्चिममा खोटाङ जिल्लाको लिकुवापोखरी गाविस रहेको पाइन्छ भने उत्तरमा बैकुण्ठेपूर्वमा यूँ र दक्षिणमा बालङखा गाविस र खोटाङ जिल्ला पर्दछ । यसगाविसमा आलु,मकैकोदोफापरपिडालु आदि उत्पादन हुने गरेको पाइन्छ भने पात्लेगुराँसकटुसउत्तिससल्लाअँगेरी आदि वनस्पती बिरुवाका बनउपबन पाइन्छन् । यहाँ अतिरिक्त हुलाक,उपस्वास्थ चौकी आदि सरकारी संस्थाहरू पनि संचालनमा रहेका छन् ।
१४.बालङखा गाविस
एक प्राच्य कथन बोकेको गाविस हो बालङखा । किरात राई भाषा बाक्सुँगुर र लाम्खाभेटियो भन्ने भनाइबाट बालङखा भएको स्थानीय बूढापाकाहरू भनाइ रहनुका साथै उहिले यस ठाउँमा बालन खेल्ने प्रचलन रहेको र त्यसको अपभ्रंश भई यस गाउँको नाम बालङखा रहन गएको भन्ने यी दुई कथनले यस गाविसको नाम निकर्यौल गरेको देखिन्छ । भोजपुर जिल्ला सदरमुकामबाट करिब १८ कोष टाढा रहेको यस गाविसको कूल क्षेत्रफल १२.६५ वर्ग कि.मि.रहेको छ । यस गाविसमा ३८९ घरधुरी तथा १,८१८ जनसंख्या रहेका छन् । १६÷१७ सालतिर स्थापित महासिंह प्रावि नामको स्कूल नै २०३९ सालमा आएर किरात राई जातिको संस्कृतिमा आधारित चण्डी (हिजोआज भनिने साकेवाउभौलीउधौली) नाच नाचिने स्थान भएकाले चण्डेश्वर माविका नाममा रुपान्तरित भएको देखिन्छ । यहाँ उच्च मावि स्थापना गर्ने प्रक्रिया अगाडि बढिरहेको पाइन्छ । यस गाविसमा राईक्षेत्रीकामीदमाईसार्की,तामाङबाहुननेवार आदि जाति सम्मिलित समाज रहेको देखिन्छ । यहाँ इलाका हुलाकस्वास्थचौकीभेटनरीकषिप्रहरीचौकी आदि सरकारी निकायहरू स्थापित छन् । यहाँका प्रमुख अन्नबालीमा कोदोधानमकैगहुँगौफापरकेराउतोरी आदि हुन् भने यस गाविसमा पशुपालनका लागि चरणखर्क र घाँस आदिको सुविधा रहेको पाइन्छ ।
१५.दुङमाना गाविस:
दुम्माना गाविस जिल्ला सदरमुकामबाट १९ कोष टाढा रहेको छ भने यस गाविसमा ८१८ घरधुरी रहेका छन् । क्षेत्रफलका हिसाबले ४२.०९ वर्ग कि.मि.मा फैलिएको यस गाविसको जनसंख्या महिला २४४९ र पुरुष २२६६ गरी जम्मा ४,७१५ रहेका छन् । यस गाविसमा १ मावि र ७ प्रावि स्कूल संचालनमा रहेका देखिन्छन् । क्षेत्रीबाहुनराईकामीदमाईनेवार आदि जातिको बसोवास रहेको यस गाविसलाई पनि विकास निर्माणका हिसाबले सुविधा बिहीन गाविसका रुपमा लिने गरिन्छ । यस गाविसबाट जान नजिक बराह क्षेत्रचतरा बजार तथा घरान आदि ठाउँ पर्दछन् । गोठालेदाउरे तथा खेतलेहरूका आदीम हाक्पारे आवाज अहिले पनि दुङमानाको कन्दरामा गुन्जिने गर्दछ । 
१६.सिन्द्राङ गाविस:
सिन्द्राङ गाविसको क्षेत्रफल ८.२८ वर्ग कि.मि.रहेको देखिन्छ भने यहाँ २८० घरधुरी तथा १३८९ जनसंख्या रहेको पाइन्छ । १ निमावि र दुई प्रावि स्कूल मात्र रहेको यस गाविसमा शिक्षाको ज्याति भने निक्कै अगाडि बढेका पाइन्छ । यस गाविसको एउटा रुखको रोचक कथा रहेको पाइन्छ । जसको नाम होसयवृक्ष’ यो अन्दाजी ६५७० मिटर अग्लो रहेको छ भने यो सदियौंदेखि यही अवस्थामा रहेको कुरा यहाँका बूढापाकाहरू बताउने गर्दछन् । यस रुखको विशेषता भनेको अनेकन् प्रजातिका बनस्पती मिश्रित रुपमा एउटै रुख रहनु हो । यस सयवृक्षमा अजम्बरी बुट्टी पनि रहेको विश्वास गरिन्छ भने प्रत्यक्ष हेर्दा यहाँ सयौं प्रकारका फूलहरू फुलिरहेका देखिन्छन् । सिन्द्राङको सुसेली यही सयवृक्षले सदियौंदेखि सुनाइ रहेका छ । यसबाहेक अरुले कैले सुन्ने ?कसलाई सुनाउने 
१७.हसनपुर गाविस:
भोजपुर जिल्लाकै होचो भागमा रहेको गाविस हो हसनपुर । यो गाविसबाट नजिकै धनकुटा जिल्ला देखिन्छ भने अरुण नदीले यसलाई कित्ताकाट गरेको छ । सदरमुकामबाट करिब १९ कोष जति टाढा रहेको यो गाविसमा ५३४ घरधुरी रहेका छन् भने २,७४४ जनसंख्या रहेको देखिन्छ । यहाँ १ मावि र ५ प्रावि स्कूल संचालित रहेका छन् । किनमेल र बजारका लागि यहाँका बासिन्दा सिम्लेअक्करको भीर काटेर बराहक्षेत्र र चतराधरान धाउने गरेको पाइन्छ । आजभन्दा दुई दशक अगाडि भोजपुरको भरिया संस्कृति अहिले त्यतिबिध्न देखिँदैन । तर त्यो भन्दा अघि भने यसै गाविसको फेद हुँदै त्रिवेणी घाट तरेर टाङकेरा अनि डर लाग्दो अक्करको भीर पार गरी नूनभुटुनमसलाअनि लत्ताकपडा बोक्ने भरियाहरू दुःख लाग्दो लोक राग यही अक्कर र अरुणमा विलीन हुने गर्दथ्यो । अहिले पनि हसनपुर भनेर भोजपुर हाँस्न सक्दैन ।

उत्तरी भाग

१.दोभाने गाविस:
भोजपुर सदरमुकाम देखि २० कोष टाढा रहेको दोभाने गाविस भौगोलिक हिसाबले निक्कै ठूलो. गाविस मानिन्छ । भोजपुर जिल्लाभरिकै अग्लो सिलिचुङ डाँडा र जिल्लाकै चर्चित र अग्लो ठाउँमा रहेको साल्पापोखरीले गर्दा यो गाविस अत्यन्त चर्चित रहेको हो । यो गाविस चर्चित रहँदारहँदै पनि अतिविकट गाविसका रुपमा पनि चिन्ने गरिन्छ । यस गाविसमा जम्मा ९५८ घरधुरी रहेका छन् भने ५,०८८ जनसंख्या रहेको पाइन्छ । यस गाविसमा १ मावि१ निमावि तथा १० वटा प्रावि स्कूल संचालित रहेका छन् । यस गाविसको अर्को महत्व र ऐतिहासिकता कहाँ जोडिएको छ भने यही बाटो गरेर तेन्जीङ शेर्पा तथा एडमण्ट हिलारी सगरमाथाको चुचुरो पुग्न सफल भएका थिए । ती महान व्यक्तित्वहरूका इतिहासलाई उत्खनन् गर्ने मनसुवाले हिजोआज यस पदमार्गलाई तेन्जीङहिलारी मार्ग भन्ने गरिएको छ । यस मार्गको सुरुआत संखुवासभाको तुम्लिङटार हुँदै गोथेबाजर अनि ईर्खुवा खोलाको किनारै किनार भएर ईर्खुवा र थुम्लुङ खोलाको दोभानबाट दोभाने गाविस आरम्भ हुने गर्दछ । ईर्खुवा र थुम्लुङखोलाका असलाबुदुना र काब्रे माछाको किस्सा र स्वाद बैग्लै पाइन्छ ।
दोभानेसाल्पाफेदीबाट लाग्ने उकालोको अत्यास लाग्दो बाटोले साल्पापोखरी नजिकको भञ्ज्याङसम्म नपुगी कसैलाई छोड्दैन । यही भञ्ज्याङ पार गरेपछि सोलुखुम्बू जिल्लाको गुदेलआइपुग्दछ । यही भञ्ज्याङ नाधेर गएका तेन्जिङहिलारीले सगरमाथाको चुचुरो पहिलो पटक चुम्न सफल भएका थिए । दोभाने र खाटम्मा गाविसको शिरमा सिलिचुङ मुस्कुराई रहन्छ । तर यहाँ बस्ने आम बासिन्दहरू सदियौंदेखि दुःखकष्टका साथ दरपिढीँदर असंख्या अभाव अनि दर्दहरु सम्हालेर आफू भोजपुरे हुनुको गर्व गरिरहेका छन् ।
उकालो चढ्दाचढ्दै आइपुग्ने जौबारी वरपर भेटिने गोठ अनि पशुपालन र त्यहाँ खोलिएका लज अनि होटलले यस बाटो भएर हिँड्ने पदयात्रीहरूलाई खुवै सुविधा प्रदान गरेको छ । यही क्रममा भेटिन्छन् नुरी शेर्पा दाइ । उनकै भनाइ अनुसार यो बाटो उहिलेको सोलुखुम्बू तथा खोटाङ आउनेजाने गन्तव्य मूलमार्ग नै हो । कालान्तरमा यो बाटो कम चल्तीमा आएको छ । यस गाविसमा राईशेर्पाक्षेत्रीबाहुनकामीदमाईआदि जातजातिको बसोवास रहेको छ । उनी भन्छन् गोथबजारमा पानी पनि नखानु है त्यहाँ त बिखुमाको बिगबिगी नै छ । अस्ति मात्र एक जना हाम्रै मान्छेको ज्यान गयो । यी र यस्तै कथाकुथुङग्रीको पोको बोकेर साठी बर्ष अघिदेखि यहाँ नुरी शेर्पा दाइ बाँचिरहेका छन् ।
२.खाटम्मा गाविस:
दोभाने गाविसको पूर्व तर्फ रहेको गाविस हो खाटम्मा । यस गाविसको क्षेत्रफल २२.७३ वर्ग कि.मि.रहेको छ । यस गाविसमा ४५४ घरधुरी रहेका छन् भने २,४१० जनसंख्या रहेको छ भने यहाँ १ निमावि तथा ६ वटा प्रावि स्कूल संचालित रहेका छन् । सदरमुकाम बाट यो गाविस करिब १८ कोष टाढा रहेको पाइन्छ । यस गाविसमा कुलुङ राईशेर्पाक्षेत्रीबाहुनदमाईकामी आदि जातिको बसोवास रहेको छ । यस गाविसमा अन्न उत्पादनका लागि त्यति राम्रो जमिन रहेको देखिँदैन । कोदोमकैअलैची आदि कमै मात्र उत्पादन हुने यस गाविसमा पशुपालन गरी बसेका बासिन्दा अधिक छन् । यस गाविसको छिमेकी चौकीडाँडा गाविस रहेको देखिन्छ ।
३.चौकीडाँडा गावि:
भोजपुर सदरमुकामबाट करिब १८ कोष उत्तरमा रहेको चौकीडाँडा गाविसको क्षेत्रफल १७.०२ वर्ग कि.मि.रहेको पाइन्छ भने यहाँ ६१६ घरधुरीका साथै ३,१६७ जनसंख्या रहेका छन् । यहाँ १ उच्च मावि तथा ५ प्रावि स्कूल संचालित रहेका छन् । यस गाविसमा धानकोदोमकैआदि अनाजका साथै आलुपिडालु,फसीइसकुस आदि नगदे तरकारीको राम्रो उत्पादन हुने गरेको देखिन्छ । हिजोआज यस गाविसका बासिन्दाहरू रुद्राक्ष खेतीतर्फ आकार्षित भएको देखिन्छ । खाटम्माचौकीडाँडा र कुलुङ गाविसको थाप्लोमै रहेको सिलिचुङ अनि नजिकै बग्ने अरुण नदी तथा तुम्लिङटार एयरपोटको रमणीय परिवेशमा यो क्षेत्र भोजपुर सदरमुकामदेखि निक्कै टाढा रहेतापनि शिक्षाका हिसाबले पछि परेको भने देखिँदैन । यस गाविसमा पनि क्षेत्रीबाहुनराईआदि जातिको सघन मेलमिलापपूर्ण बसोवास रेहको पाइन्छ ।
४.कुलुङ गाविस:
सदरमुकाम देखि १८ कोष टाढा रहेको कुलुङ गाविसको क्षेत्रफल २५.०२ वर्ग किलोमिटर रहेको छ भने यहाँ ८२६ घरधुरी रहेका छन् । यस गाविसको जनसंख्या ४,१९३ रहेको छ । यहाँ १ उच्च मावि१ मावि र ९ प्रावि स्कूल संचालित हुनुले यहाँका बासिन्दाका शिक्षा प्रतिको अनुराग अनि पकड बलियो रहेको पाइन्छ । यहाँ स्थापित वीरेन्द्र उच्च मावि भोजपुर जिल्लाको उत्तरी भेगमा रहेको नमुना उच्च मावि हो भन्दा अत्युक्ति हुँदैन । जिल्ला सदरमुकामका हिसाबले ज्यादै कुनामा रहे तापनि शैक्षिक जागरण र प्रतिशत नजिकका गाविस भन्दा अगाडि रहेको पाइन्छ । हिजोआज यस गाविसका बासिन्दा पनि रुद्राक्ष खेतीतर्फ आकर्षित भएको देखिन्छ भने यहाँ धानकोदोमकैगहुँ आदि अन्नबाली तथा फलफूलतरकारी खेतीपाती पनि गर्ने गरेको देखिन्छ ।
५.नेपालेडाँडा गाविस:
नेपालेडाँडा गाविस भोजपुर सदरमुकामबाट करिब १४ कोष टाढा उत्तरमा रहेको एक सुन्दर गाउँ हो । यही गाउँकी योगमायाले सामाजिक कुरिती बिरुद्ध बिद्रोह गरी वि.सं.....सालमा आफ्ना अनुयायीहरूका साथ अरुण नदीमा जल समाधि लिएको कथनले यस गाविसको चेतनाको आलोक अहिले पनि दर्शाउँछ । यस गाविसमा ७३५ घरधुरी रहेका छन् भने ३,४१८ जनसंख्या रहेका छन् । सोमबारे बजार स्थित गाविस भवन र त्यहाँ संचालित १ उच्च मावि१ मावि अनि ७ प्रावि स्कूल यस गाविसका शैक्षिक केन्द्रहरू हुन् । यस गाविसबाट देखिने मकालु बरुण आरक्षित क्षेत्रको मनोरम दृष्य अनि त्यही हिमचुलीबाट सरर सरर निरन्तर आइरहने पवनले यहाँका बासिन्दाका जीवनशैलीलाई तथा पर्यावरणलाई जागरुक तुल्याइरहेको छ । यहाँबाट देखिने बुम्लिङसंखुवासभाको पहाडी भेग अनि हेलुवाबेंसी आदि रमणीय स्थान हुन् । यस गाविसमा क्षेत्रीबाहुनराईकामीदमाई आदि जातजातिको सम्मिलन बसाई रहेको छ ।
६.कुदाकाउले गाविस:
नेपालेडाँडा गाविसकै सिमाना जोडिएको गाविस हो कुदाकाउले । यो भोजपुर सदरमुकाम बाट करिब १४ कोष टाढा रहेको छ भने यहाँ ५३७ घरधुरी रहेका छन् । यस गाविसको जनसंख्या २,७८२ रहेको छ । यहाँ १ मावि अनि ७ प्रावि स्कूल स्थापित छन् । यहाँको मुख्य अन्न उत्पादन पनि धानकोदोमकै आदि रहे तापनि तरकारी तथा फलफूल पनि उत्पादन हुने गरेको पाइन्छ । राईक्षेत्रीबाहुनतामाङआदि जातजातिको सहअस्तित्वपूर्ण बसोवास रहेको यो गाविस भौगोलिक बनावटले गर्दा कुनामा परेको देखिन्छ । 
७.खार्तम्छा गाविस:


खार्तम्छा गाविसको क्षेत्रफल २१.९९ वर्ग कि.मि. रहेको छ भने ६०१ घरधुरी अनि १,८४७ जनसंख्या रहेको छ । जसमा महिला ९५९ र पुरुष ८८८ रहेका छन् । यस गाविसमा प्रसस्तै खोलानाला अनि पानीको मूल रहेकाले यहाँ धान खेती प्रसस्तै फल्ने देखिन्छ । गाविसको पश्चिमउत्तरमा सानो सानो पहाड भएतापनि सुन्दर आकृति र सधैँ बगिरहने छाँगाछहराले यस गाविसलाई जीवन्त तुल्याइरहेको हुन्छ । १ मावि र ४ प्रावि स्कूल रहेको यस गाविसका केही युवाहरू रोजगारीका लागि विदेशतिर पनि गएको पाइन्छ । क्षेत्रीबाहुनराईकामीदमाईतामाङ आदि जातिको बलियो बसाइको सामाजिक संरचना भएको यो गाविस निक्कै घमाइलो पनि रहेको छ ।
८.मूलपानी गाविस:
सदरमुकामबाट १२ कोष टाढा रहेको मूलपानी गाविसमा ८०५ घरधरी रहेका छन् साथै यहाँ ३,९१४ जनसंख्या रहेका छन् । । १९.२० वर्ग कि.मि.क्षेत्रफल रहेको मूलपानी गाविसमा    १ निमावि र ६ वटा प्रावि स्कूल संचालित रहेका छन् । यस मूलपानी गाविसलाई छ वटा गाविसले घेरको देखिन्छ । उत्तरतर्फबाट नेपालेडाँडाकुदाकाउलेखार्तम्छापश्चिमतर्फबाट किमालुङतुङगेछा अनि दक्षिणपूर्वबाट केउरेनीपानी आदि । मूलपानी र केउरेनीपानी गाविसको संगम स्थल हो दिङला बजार । जो परापूर्वकालदेखिनै चर्चित रहेको पाइन्छ ।
९.केउरेनीपानी गाविस:
भोजपुर सदरमुकाम देखि करिब १२ कोष टाढा रहेको एक एतिहासिक गाविस हो केउरेनीपानी । यहाँको जनसंख्या ४,२०९ रहेको पाइन्छ भने ८४० घरधुरी रहेका छन् । यसै गाविसको दिङला बजारमा आवाल ब्रम्हचारी षढानन्द गुरुले शिक्षाको ज्योति फैलाउने सुकार्य गरेका थिए । जो आजसम्म शिक्षाको लागि कि काँशी जानु कि दिङला जानु’ भन्ने कहावतले प्रशंसित छपूजित छसाथै प्रसिद्ध छ । भनिन्छषढानन्द गुरुले नै यस क्षेत्रमा रुद्राक्षको बृक्षारोपण आरम्भ गराएका थिए । हिजोआज यस भेगका बासिन्दाको मुख्य आय यही रुद्राक्ष फसल भएको देखिन्छ । रुद्राक्षका घना जंगलले यस गाविस तथा वरपरका अन्य गाविसहरूलाई प्रभाव पार्दै यहाँका बासिन्दाहरूको जीवनशैलीमा पनि परिवर्तन ल्याएको देखिन्छ । रुद्राक्षका हरिया बनजंगल,भेग अनि पाखापाटाहरूका मनमोहक छटाहरूले यस क्षेत्रकै सौन्दर्य अभिबृद्धि गरिदिएको देखिन्छ । यहाँ उत्पादन हुने रुद्राक्ष संखुवासभा जिल्ला हुँदै धरानबिराटनगरकाठमाडौं अनि भारतको बनारससम्म पुग्ने गरेको तथ्य भेटिन्छ । तथापि यस भेग र भोजपुर जिल्लाले भन्दा छिमेकी जिल्ला संखुवासभाले रुद्राक्ष उत्पादक जिल्लाको नाम कमाइरहेको देखिन्छ । षडानन्द माविअरुणेदय मावि गरी यहाँ १ उच्च मावि१ मावि१ निमावि अनि ७ वटा प्रावि स्कूल संचालित रहेको यो गाविस अन्नबाली तथा तरकारी उत्पादनका हिसाबले पनि प्रख्यात देखिन्छ । यहाँ गुरु षढानन्दको प्रतिमासीताराम मन्दिर आदि प्रस्तिथापित गरिएका छन् । दिङला बजार सानै भए तापनि सुनचाँदीखाद्यान्नलत्ताकपडातेलमट्टितेल आदि बेचबिखन हुने सुविधायुक्त बजार हो भन्न सकिन्छ ।
१०.तुङगेछा गाविस:
मूलपानीकेउरेनीपानीसाङपाङ र किमालुङ गाविसले घेरिएको सुन्दर गाउँ हो तुङगेछा । यस गाविसको क्षेत्रफल ११.५४ वर्ग कि.मि.रहेको छ भने यहाँ ४५६ घरधुरी रहेका छन् । यस गाविसको जनसंख्या २,४७२ रहेको छ भने यो भोजपुर सदरमुकामबाट ११ कोष जति टाढा रहेको देखिन्छ । यस गाउँको नाम किन तुङगेछा रहन गयो भन्ने बारे एउटा पुरानो कथन रहेको पाइन्छ । उहिले यसगाउँमा बस्ने किरात राईहरूलाई खकुवाखोलाबाट उठेर आउने कुहिरोले खुवै सताउने गर्दथ्यो । त्यसलाई यहाँका बासिन्दाहरू जागित्रामसान वा विनाशकारी वायू भनी विश्वास गर्न थाले । र रावाखोलातिरका तुङगेछा थरका एक नामी विजुवा सिकारीलाई बोलाई यस गाउँमा ल्याए । ती बिजुवाले कुहिरोको रुपमा आउने त्यो पिसाचलाई केराको पातमा कुखुरासुँगुरको बली दिए । त्यो बली दिएको रगत कुहिरोले सोस्दै आयो र त्यही बखत तुङगेछा विजुवाले धनुकाँढ प्रहार गरी पिसाचको अन्त्य गरिदिए । प्रेतपिसाचको अन्त्य भएपछि यो गाउँ मान्छेहरू बस्न लायक भयो । त्यही बेलादेखि यसगाउँको नाम तुङगेछा रहन गयो । यसगाविसमा तामाङराईनेवारगुरुङजोगी,क्षेत्रीकामीदमाईबाहुन आदि जातजातिको सद्भावपूर्ण बासोवास रहेको छ । यस गाविसमा पाँचवटा प्रावि स्कूल रहेका छन् । यहाँ अन्नबालीका साथै स्थानीय स्तरमा राडीपाखी उत्पादन हुने गाउँको रुपमा पनि परिचित रहेको पाइन्छ ।
११.किमालुङ गाविस:
यस किमालुङ गाविसको जनसंख्या १,७४६ रहेको छ भने  घरधुरी ३२९ मात्र रहेका छन् । यस गाविसको क्षेत्रफल २१.९७ वर्ग कि.मि.रहेको छ भने भोजपुर सदरमुकामबाट करिब ८ कोष टाढा रहेको छ । यो गाविस बनपाखा र झोरझाडीले सम्पन्न गाविस हो । यस गाविसमा चन्द्रसूर्य मावि १,रहेको छ भने ४ वटा प्रावि स्कूल गाविसमा रहेका छन् । तामाङशेर्पाराई आदि जातिको बसोवास रहेको यो गाविसमा पशुपालनको राम्रो संभावना रहेको देखिन्छ । साङपाङ गाविसको शिरमा रहेको बैदार भञ्ज्याङबाट किमालुङ गाविस अत्यन्त आकार्षक देखिन्छ । 
१२.साङपाङ गाविस:
सदरमुकामदेखि ९ कोष टाढा रहेका साङपाङ गाविसको क्षेत्रफल २१.८२ वर्ग कि.मि.रहेको छ । यस गाविसमा ७३१ घरधुरी रहेको छ भने ३,५७० जनसंख्या रहेका छन् । यस गाविसमा दुईवटा प्राचीन शिलालेख पनि रहेका छन् । जुन वि.सं.१८०५ र वि.सं.१९१४ सालमा लेखिएका हुन् । यो शिलालेख साङपाङ गाविसनिवासी ६१ बर्षका काजीबहादुर राईको घरबारीको तोरीबारी भन्ने स्थानमा फेला पारिएको थियो । उक्त शिलालेख तोरीबारी निवासी रधुनाथ काफ्लेले सपनामा देखेपछि उत्खनन् गर्दा भेटिएकाले काफ्ले परिवार त्यस ठाउँबाट अन्तै सरेका बताइन्छ । काजीबहादुर राईका अनुसार – ‘बाट सुरु भएका शिलालेख चतरादिल्पार घोरेटार आदि स्थानमा पनि फेला परेका थिए । घोरेटारमा अटलसिंह राई राजा हुादा अन्य क्षेत्रमा पनि बाटै नाम सुरु भएका व्यक्तिले शासन गरेको कुरा बताइन्छ । यी शिलालेखलाई वि.सं.१८०५ को अर्ध राई को हो र वि.सं.१९१४ को अथपति राईको भन्ने गरिएको छ भने शिलालेखमा बर्णित कुराले पनि यही कुराको पुष्टि गर्दछ । यस गाविसमा प्रहरी चौकीस्वास्थचौकीकरिब तीन बेड भएको प्रसुति (निर्माणधीन) १ मावि५ प्रावि आदि सरकारी तथा शैक्षिक केन्द्रहरू सत्तलडाँडा आसपासमा स्थापित गरिएका छन् । यस गाविसलाई छुने प्रस्तावित मोटर बाटो ¥याप संस्थाले निर्माण गरिरहेको देखिन्छ ।
१३.देउराली गाविस:
भोजपुर बजारबाट करिब १० कोष टाढा रहेको देउराली गाविस घरधुरी संख्याका आधारमा निक्कै ठूलो मानिन्छ । यहाँ ११०५ घरधुरी संख्या रहेको छ भने ५,५३७ जनसंख्या रहेका छन् । संखुवासभा जिल्लाको तुम्लिङटारबाट अरुण नदीमा लगाइएको तुर्केपूल तरेपछि देउराली गाविसको फेद सुरु हुने गर्दछ । तर तुर्केपूल धेरै अघि बनेको र मर्मत संभार नभएकाले यतिबेला कमजोर हुँदै गइरहेको देखिन्छ । यस पूलबाट दैनिक एकसय जति खच्चड ओहरदोहर गर्ने भएकाले पनि यो पुल फोहर र कमजोर बन्दै गाएको कुरा स्थानीय बान्दिा बताउँछन् । देउराली गाविसका लागि नजिकको सुलभ बजार भनेकै तुम्लिङटार हो । तुर्केमाथि तित्रे गाउँ आइपुगेपछि देखिने मकालु हिमालतुम्लिङटार एयरपोटखाँदबारीझिल्झिले डाँडादिङलातुङगेछाझ्याउपोखरी आदि मनोहारी दृष्यहरूले यस क्षेत्रको भौगोलिक सुन्दरता बढाइरहेकै हुन्छ । यस गाविसमा भारत सरकारको सहयोगमा बनेको शारदा उच्च मावि लगायत १ निमावि२ प्रावि स्कूल संचालित रहेका छन् । यसगाविसमा केन्द्रीय प्रसारणको विद्युत लाइन पनि भर्खरै बिस्तारित भएको छ । देउराली गाविसको मुख्य बजार भनेको झ्याउँपोखरी बजार नै हो र यहाँ प्रत्येक बुधबार हाट लाग्ने गरेको देखिन्छ । यस गाविसमा क्षेत्रीबाहुनतामाङराईआदि जातिको सधन बसोवास रहेको छ भने यहाँ सिंहदेवीको मन्दिर पनि रहेको छ । जसमा कुखुरापरेवा तथा पाठी आदिको बली दिई पूजा गरिन्छ । हिजोआज झ्याउँपोखरीको मनोरम पोखरी जलकुम्भीका कारण पुरिँदै गएको छ । पोखरीमा खसेको पात टिप्ने हिजोका ती चराहरू मिथक बनिसके ।
१४.बोया गाविस:
२९.८८ वर्ग कि.मि.क्षेत्रफलमा फैलिएको बोया गाविसको सुन्दरता आफ्नै ठाउँमा रहेको पाइन्छ । यस गाविसमा ८१६ घरधुरी रहेका छन् भने ४,०६५ जनसंख्या रहेको छ । भोजपुर सदरमुकामदेखि करिब सात कोष उत्तरमा रहेको बोया गाविसमा राईक्षेत्रीबाहुननेवारतामाङआदि जातिको बसोवास रहेको पाइन्छ भने किरात राई साम्पाङ रेप्सुना भाषामा बुक्तामु’ अर्थात् उकालो ठाडो को अर्थबाट बोया रहन गएको भन्ने भनाइ स्थानीय बासिन्दाको रहेको देखिन्छ । अर्को अर्थमा तामाङ भाषामा बयर लाई बोयार र नेवार भाषामा बोक्नेको अर्थ बुये को अपभ्रंश नै बोया हो भन्ने गरिएको पाइन्छ । यस गाविसमा खेती योग्य जमिन ४०% प्रतिशत रहेको छ भने धानकोदोमकै आदि अनाज तथा सरकारीफलफूल पनि उत्पादन हुने गरेको देखिन्छ । यहाँ १ माविर ७ प्रावि स्कूल संचालनमा रहेको पाइन्छ । 
१५.हेलौछा गाविस:
भोजपुर बजारबाट करिब ६ कोष टाढा रहेको हेलौंछा गाविस प्राकृतिक सुन्दरताले भरिएको अनि पूर्वउत्तर फर्केको रमाइलो गाविस हो । यस गाविसमा ७४९ घरधुरी तथा ४,२२० जनसंख्या रहेका छन् । यहाँ १ मावि१ निमावि र ४ प्रावि स्कूल स्थापित रहेका छन् । भौगोलिक तवरले यो गाविस कोल्टो अवस्थामा रहे तापनि शैक्षिक जागरणका हिसाबले निक्कै अगाडि रहेको मानिन्छ । विगतको द्वन्द्वले गाविस भवन भने यसबेला खण्डहरका रुपमा परिणत भएको देखिन्छ । जहाँ उत्तिस र बनमारा जस्ता बोटबिरुवाले जरा गाडिसकेका छन् । यस गाविसको सिमाना आठवटा गाविससँग जोडिएर रहेको छ तापनि विकास निर्माणका हिसाबले यो गाविस बर्जित रहन गएको देखिन्छ । तथापि यसै गाविसको आहाले डाँडाबाट देखिने बोयादेउरालीयाङपाङ अनि उत्तरतर्फको ४,१५३ मिटर अग्लो सिलिचुङ र आसपासका पहाडहरूले यस ठाउँलाई सधैँ मनोरम बनाइरहेको हुन्छ ।